Fast Nepal News

‘स्वबासीहरुको पहिचान र आत्मनिर्णयको अधिकारको निणार्यक लडाई काठमाडौंबाट शुरु हुन्छ’ : विद्या श्रेष्ठ

banner single news

काठमाडौं । स्वबासीहरुको पहिचान र आत्मनिर्णयको अधिकारको निणार्यक लडाई काठमाडौं बाट शुरु हुने राष्ट्रिय मुक्ति क्रान्ती, स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदकी नेतृ विद्या श्रेष्ठले बताउनु भएको छ ।
यो लडाईको पहिलो कदम स्वरुप स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने तयारी गरेको उहाँको भनाई छ ।

यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदकी नेतृ श्रेष्ठले जनाउनु भएको छ ।

बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीप्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको श्रेष्ठको दावी छ ।

Inside Article Ads

स्वबासीहरुको पहिचान र आत्मनिर्णयको अधिकारको निणार्यक लडाइको स्वरुप स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत जनप्रदर्शनसहित र्यालिको आयोजना गरिएको नेतृ विद्या श्रेष्ठले बताउनु भयो ।
र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिलाई सहभागिता जनाउन आह्वान समेत गरिएको छ ।

जन प्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित उपस्थित हुन संपुर्ण नेवार समुदायलाई आयोजकहरुले आग्रह गरेका छन् ।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.