
लम्जुङ्ग,२९ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। यसैक्रममा लम्जुङ्गमा पनि विरोध प्रदर्शन सुरु गरिएको छ। अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ता लम्जुङ्गस्थित बेसिसहर मा जम्मा भएर विरोध र्याली सुरु गरेका छन्।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो।कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन्।
