Fast Nepal News

कक्षा ११ को पाठ्यक्रम विवादः नयाँ कि पुरानो भन्नेमै अन्योल

banner single news

काठमाडौं, मंसिर २९ । सरकारले यो वर्षदेखि कक्षा ११ का लागि नयाँ पाठ्यक्रम लागू गरेको घोषणा गरेको करिब दुई महिना पुग्यो । अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाउन शुरु गरिसकेका छन् । नयाँ पाठ्यक्रमअनुसार पढाइ शुरु गरिरहेको अवस्थामा सर्वोच्च अदालतले हलो अड्काइदिँदा समस्या बढेको छ ।सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । पछि सो विषयमा किनारा लाग्न नसकेपछि यही पुस ६ गते फैसला गर्ने तयारी भएको छ ।

‘हामी त अचम्मित भएका छौं, पढाइ शुरु भइसकेको छ, नयाँअनुसार पढाउने कि पुरानो भन्ने विषयमा निर्णय हुन नसक्दा समस्या बढेको छ।’ –प्याब्सन अध्यक्ष टीकाराम पुरीले भने । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तय गरेको पाठ्यपुस्तक लागू नगराउनु भनेको लाखौं विद्यार्थीको भविष्य अन्योलमा पुग्नु भएको जनाए ।प्याब्सनका अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक खरिद गरेर पढाइ शुरु गरिसकेका छन् । तर, अदालतले निर्णय गर्न नसक्दा समस्या बढेको छ । हिसानका केही अधिकारीले तयारी पूरा नभएकोे भन्दै पुरानैमा पाठ्यक्रम पढाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् ।नेपाल समाचारपत्र दैनिकबाट

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.