Fast Nepal News

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन आज रौतहटका अधिकांश पालिकाले सार्वजनिक बिदा दियाे

banner single news

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन आज रौतहटका अधिकांश पालिकाले सार्वजनिक बिदा दिएका छन् । पालिकाहरूले सूचना निकालेर भगवान श्रीरामका प्राण प्रतिष्ठाको दिन सोमबार गरूडा नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएका हुन् । रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरिएको छ । त्यस दिन पालिकाभित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न समेत केही पालिकाहरूले सूचनामार्फत अपिल गरेका छन् ।

रौतहटका राजपुर नगरपालिका, गरूडा नगरपालिका, मौलापुर नगरपालिका, गढीमाई नगरपालिका लगाएतमा पालिकाहरूमा पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठाका दिन पालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसल बन्द गर्न आग्रह गरेको छ । पालिकाहरूले आइतबार सूचना जारी गर्दै सनातनी हिन्दु धर्मावलम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको उल्लेख गरेको छ ।

Inside Article Ads

‘प्राण प्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै रौतहटको नगरवासी पनि उक्त दिन घरघरमा दिपोत्सव गर्नुको साथै नजिकैका मठ मन्दिर, चौक चौराहालगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, अधिकांश पालिकाका मेयरहरूले जारी गरेको सूचनामा भनिएको छ ।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.