Fast Nepal News

नेपाल कपडा तथा सिलाई ब्यवसायी स्ंघ काठमाडौंका अध्यक्ष कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित

banner single news

नेपाल कपडा तथा सिलाई ब्यवसायी स्ंघ काठमाडौंका अध्यक्ष कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित

काठमाडौँ । बागबजारस्थित सुट्मालाका सीईओ राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन् ।

शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।

नेपाल सरकारका सास्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् ।

Inside Article Ads

रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याउनु भएका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् ।

बिभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि बिभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् ।

Visited 94 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.