
न्यूज नेपाल एचडी संवाददाता
१७ पुष,काठमाडौँ-शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा अपर तामाकोशी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका विरोधमा त्यस क्षेत्रका स्थानीयहरुले आन्दोलन जारी राखेका छन्।एमसिसी परियोजनाको प्रशारणलाईन जहरसिंह पौवा हुँदै नुवाकोटको रातोमाटे लैजाने योजना रहेको सो परियोजनामा आपत्ति जनाँउदै स्थानीयले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेशन बनाउँन नहुने, सशस्त्र प्रहरीको क्याम्प राखेकोमा विरोध गर्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै स्थानीयहरुले आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागी स्थानीयहरुले बस्तीबिचबाट प्रसारण लैजान सवस्टेशन बनाएर सशस्त्र प्रहरीको क्याम्प राखेकोमा यसले उत्पादनशील भूमिहरु नष्ट्र हुने स्थानीयहरुले धारणा व्यक्त गरे।अपर तामाकोशी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका लागि राज्यले जनताको सयौँ रोपनी जग्गा अतिक्रमण गरेको भन्दै सरकारलाई सच्चिने कि सक्किने भन्ने विषयमा दबाब दिदैँ शान्तिपूर्ण आन्दोलन गरेको बताए।


सब–स्टेसन निर्माण अघि बढाउनेबारे नेपाल विद्युत् प्राधिकरण, शंखरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय साँखु, स्थानीयबासी लगायतबीच छलफल भएको थियो । सबै पक्षको साझा सहमति बनाएर अघि बढ्ने कुरा भए पनि आयोजनास्थलमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प राख्न गएपछि स्थानीय आन्दोलनमा उत्रिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।यसैगरी नागरिक जनजागरण अभियानका संयोजक मुकुन्द्र सिलवालले अपर तामाकोशी जलविद्युत आयोजनाले सबस्टेशन निर्माणका लागि राज्यले जनताको सयौँ रोपनी उत्पादनशील भूमिहरु नष्ट गर्ने परियोजनाको कार्यभएको हुनाले जनताहरु भूमिहीन हुने र स्थानीय बासीको कृषियोग्य जमिनलाई ह्रास गरेर विकाशको नाममा बिनाश निम्त्याउन खोजेको हुनाले सरकारलाई सच्चिने कि सक्किने भन्ने विषयमा दबाब दिदैँ शान्तिपूर्ण आन्दोलन गर्नु स्वभाविक नै रहेको बताउनुभयो ।

सामाजिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठको एमसीसीले ल्याएको तामाकोशी जलविद्युत आयोजनाको सबस्टेशन निर्माणमा स्थानीयको जग्गा अतिक्रमण गर्नु मानव हत्या गर्नु बराबर भएको धारणा ब्यक्त गर्नुभयो।आदिवासी जनताको सम्पतिको अधिकार गर्दै राज्यले दादागिरी देखाएको बताँउदै श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्बयनमा नआएको बताँउदै विकाशका नाममा उठिबास लगाएर राज्यले गलत काम गरेको टिप्पणी गर्नुभयो।
