Fast Nepal News

लखनउमा ‘युपिएए अवार्ड’सहित ओझाले दिल्लीमा पाए ‘गान्धी अवार्ड’ समारोह माझ गेस्ट अफ अनरको सम्मान

banner single news

काठमाडौं । सचेतना कार्यक्रम, एनटिभी न्युजका प्रस्तोता एवं निर्देशक तथा राज्यदैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझा भारतमा सम्मानित भएका छन् । उनलाई लखनउ स्थित उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले ३० औं संस्करणको ‘युपिएए अवार्ड २०२३’ र दिल्ली स्थित फेस गु्रपले महात्मा गान्धी एक्सेलेन्स अवार्ड २०२३ समारोह माझ गेस्ट अफ अनरबाट सम्मान गरेको हो । सञ्चारक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजक संसथाहरुले जनाएका छन् ।

‘युपिएए अवार्ड २०२३’ मा उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठक प्रमुख अतिथि थिए । उप–मुख्यमन्त्री पाठकले भारत र विश्वस्तरमा कला, पत्रकारिता, सामाजिक अभियानलगायतका क्षेत्रमा सेवारत व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेको ओझाले बताए। उक्त अवार्डको अघिल्ला संस्करणमा अनिल कपुर, रविना टन्डन, अब्बास मस्तान, समीर अन्जान, फारुख शेख, भाग्यश्री, राहुल रोय र क्रिकेटर पियुष चावलासहितका कलाकार एवम् चलचित्रकर्मीले ‘युपिएए अवार्ड’ बाट सम्मानित भैसकेका छन् ।

त्यस्तै, भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न महात्मा गान्धी एक्सेलेन्स अवार्ड २०२३ मा ओझा गेस्ट अफ अनरबाट सम्मानित भएका छन् । फेस ग्रुपद्वारा आयोजित उक्त अवार्ड समारोह माझ बिशेष अतिथिका रुपमा आमन्त्रित ओझालाई कार्यक्रमका प्रमुख अतिथि दिल्ली प्रहरीका प्रहरी नायव उपायुक्त राजेन्द्रसिंह सागरले उक्त सम्मान प्रदान गरेका थिए । सो अवसर माझ पत्रकार ओझाले कार्यक्रम आयोजक संस्था फेस ग्रुपका अध्यक्ष डा मुश्ताक अन्सारीलाई नेपाल र भारतको झन्डा अंकित फ्रेम प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपायुक्त राजेन्द्रसिंहले उक्त कार्यको प्रशंसा गर्दै नेपाल र भारतको झन्डा उपहारको शैली आफुलाई नौलो र राम्रो लागेको उल्लेख गरेको ओझाले बताए।

विगत दुई दशकदेखि छापा र अनलाइन मिडियालगायत टेलिभिजन कार्यक्रम निर्माणमा सक्रिय रहेर सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ओझालाई सम्मान गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।

Inside Article Ads

सम्मानित ओझाले हालसम्म सचेतनाबाहेक बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपालमै पहिलो पटक कुकिङ रियालिटी सो कलेज सेफ आइकन र हास्य टेलिशृंखला ‘कुरा मात्रै भो’ को निर्माण एवम् प्रसारण कार्यमा संलग्न रहँदै आएका छन् । उनले वृत्तचित्र निर्माणका साथै स्क्रिप्ट लेखन तथा निर्देशनसम्बन्धी काम गर्दै आएका छन् । चलचित्र, संगित तथा सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका समेत निर्वाह गर्दै आएका ओझाले विभिन्न संघ संस्था तथा कंपनीमा संचार विज्ञका हैसियतमा पनि काम गर्दै आएका छन् । त्यसो त ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत हुन् ।

विभिन्न पत्रिका तथा अनलाईनमा सम्पादक भएर काम गरेका ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएरसमेत कार्य गरेका छन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आएका ओझालाई नेपाल टेलिभिजनले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको थियो । उनले भारतको मुम्बईमा ‘दादासाहेब फाल्के अवार्ड’, लखनउमा मानव अधिकार सम्मान २०२३, सन् २०२१ मा थाइल्याण्डमा मुख्यालय रहेको युनाइटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड’ र सन् २०१९ मा इजिप्टमा ‘एमएसएल एक्सिलेन्स अवार्ड’ समेत पाइसकेका छन् । व्यास ८ तनहूँमा जन्मेका ओझा हाल काठमाण्डौंमा बसोबास गर्दै आएका छन् ।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.