
३० मंसिर,झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् ।
एकल बहुमतको सरकार नबनेसम्म राजनीतिक अन्यौलता र अराजकता बढिरहने ओलीको भनाई छ।
आगामी ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर बलियो सरकार निर्माण गर्ने र देश विकास, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्ने उनले बताउदैँ विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेबल सरकार निमार्ण गर्ने धारणा व्यक्त गरेँ ।एमालेले सरकार छाडको २ वर्षमै देश कङ्गाल बन्न लागेको र अर्थतन्त्र डामाडोल बनेको बताउदैँ एमालेले देश बनाउने संकल्पसहित अभियानको थालनी संकल्प यात्राबाट सुरु गरेको समेत उनले बताए ।
