
२२ मंसिर,काठमाडौँ —नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको ले जनाएको छ ।
