Fast Nepal News

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

banner single news

१५ मंसिर ,काठमाडौं-राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० साल माघ १३ गते निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि राष्ट्रिय निर्वाचन आयोग तयारीमा लागेको छ।यसै क्रममा आयोगबाट माघ १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ।

राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने राष्ट्रिय निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।स्वीकृत कार्यतालिका अनुसार पुष १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश
निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

Inside Article Ads

पुष २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाई छ।

Visited 124 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.