Fast Nepal News

तातोपानी नाका संचालन चीन भ्रमणको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

banner single news

८ भदौ,काठमाडौँ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन  ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो ।

सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएका सांसद सापकोटाले सिन्धुपल्चोको समग्र विकासका सम्वन्धमा प्रधानमन्त्री  प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

पत्र बुझाउँदै उहाँले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो देखि लिपिङ सम्मको करिब ३० किलोमिटर सरड स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवत जावत गर्ने सहमती भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोबर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराउनु भयो ।

Inside Article Ads

टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई  सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी सोहि व्यहोराको ध्यानाकर्षणपत्र बुझाएको छ ।

गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवं व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत सञ्चालन र मानसरोबर तिर्थयात्राका लागि रुटका लागि कुटनीतिक पहल दिइदिन ध्यानाकर्षण गराइएको छ ।

यस्तै पत्रमा आगामी सेप्टेम्बरदेखि मावव आवत जावत सुचारु गर्ने सहमती भइसकेकोमा तिब्बतस्थित धार्मीक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्री कै तहबाट कुटनीतिक पहल हुने अपेक्षा गरिएको छ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.