
२४श्रावण,तनहुँ-तनहुँ पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको छ।आज दिउँसोदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भईरहेको र अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन्।
