Fast Nepal News

तीन वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गर्दै जरिवाना तिरायो

इ.प्रा.नं.१५ र ०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैकले कारबाही गर्दै बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गरायो/कुमारी बैंक र हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्दै जरिवाना तिरायो

banner single news

२२ श्रावण,काठमाडौं- नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई एक करोड ९९ लाख १० हजार ७२२ रुपैयाँ जरिवाना स्वरुप तिराएको छ ।

प्राइम कमर्सियल बैंकलले राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको पाइएको हुनाले बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम पारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५ र ०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैकले कारबाही गर्दै बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

Inside Article Ads

कर्जा र निक्षेप अनुपात कायम नगर्ने कुमारी बैंकलाई नेपाल राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिवाना तिराएको छ । यसका साथै कर्जा र निक्षेप अनुपात कायम नगर्ने हिमालयन बैंकलाई पनि राष्ट्र बैंकले एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना तिराएको छ ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.