
२२ श्रावण,काठमाडौं- विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न लेखी पठाएकाले पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनी कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयलेकालोसूचीमा राखिएको जनाएको छ।
एक वर्षका लागि कालोसूचीमा राखिएको अवधिभर पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीले कुनै पनि निकायको खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने खरिद कार्यालयले बताए ।
