Fast Nepal News

अरमान तामाङ र विनोद ढकालको र्‍याप गीत ‘भावना’ सार्वजनिक

banner single news

२१ श्रावण,काठमाडौँ-अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक विशेष समारोहबीच विशिष्ट सङ्गीतकार शम्भुजीत बास्कोटाले गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बास्कोटाले सङ्गीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको भिडियो तथा गायन राम्रो रहेकाले यसले सकारात्मक सन्देश दिएको बताए ।

अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र सङ्गीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।

Inside Article Ads

दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ ।

कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलले प्रस्तुति दिएका थिए ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.