
२० श्रावण,काठमाडौँ-काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत सापकोटाले कलाकारिता क्षेत्र राष्ट्रको क्षेत्र भएको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको उनले बताएका हुन् ।
राष्ट्रको पहिचान संस्कृति क्षेत्रबाट नै हुने भएकोले यो क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । सापकोटाले आजका बालबालिका भोलिका सम्पती भएको भन्दै बालबालिकाको क्षमता विकास गरी प्रतिभा प्रस्फुटन गरे राष्ट्रको लागी टेवा पुग्ने बिश्वास लिए।
