Fast Nepal News

साँखु जेसीज सप्ताह कार्यक्रम-२०२३ भव्यताका साथ सम्पन्न

banner single news

१५ श्रावण,काठमाडौ -साँखु जेसिज सप्ताह २०२३ समापन कार्यक्रम बर्ष २०२३ का अध्यक्ष जेसि गणेश दुलालकाे अध्यक्षतामा मिति २०८०/०४/१३ गते भव्य रुपमा सम्पन्न भयो ।सप्ताह कार्यक्रम समरा गार्डेन,साँखुमा आयोजना गरिएको थियो।उक्त कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य माननीय सांसद साेना परियारले प्रमुख आतिथ्यता गर्नुभएको थियो भने विशिष्ट अतिथिमा शंखरापुर नगरपालिका उप प्रमुख समिता श्रेष्ठ ज्यु र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर विकास मानन्धर रहनु भएको थियो ।

अतिथिमा प्रहरी प्रभाग साँखु काठमाण्डौ प्रमुख फुलमाया घिसिङ ,शंखरापुर नगरपालीका वडाअध्यक्षहरु वडा नं १ का बेद नारायण दंगाल ,वडा नं ४ का वडा अध्यक्ष साेनाम तामाङ र वडा नं ८ का वडा अध्यक्ष पाेते थिङ , नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा साँखु जेसीजका निरुपित जेसी कुमार सिं साँवा लिम्बू ,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा ,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष ज्युहरु जेसी राजाराम गाैतम ,जेसीआइ सिनेटर अनुप सुनुवार र जेसी साेनी श्रेष्ठ हुनुहुन्थ्यो ।

साँखु जेसीजका संस्थापक अध्यक्ष जेसी लवकुमार श्रेष्ठ , निवर्तमान अध्यक्ष जेसी जयराम श्रेष्ठ ,साँखु जेसीजका पुर्व अध्यक्षहरु ,बिभिन्न शाखाका शाखा अध्यक्षहरु तथा पदाधिकारीहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका टाेल सुधार समितिका अध्यक्षहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु पत्रकार मित्रहरु,सुरक्षा निकाय,महिला समुहका अध्यक्षहरु तथा प्रतिनिधिहरु,साथै साँखु जेसीजका बर्ष २०२३ का वाेर्डका पदाधिकारीहरु तथा सदस्यहरुकाे उल्लेखनीय उपस्थित रहेकाे थियो ।

Inside Article Ads

साँखु जेसीज सप्ताह २०२३ का कार्यक्रम संयाेजकहरु र मुल संयाेजक जेसी पवन श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियोे। वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी भाईवहिनिहरुलाई प्रमाणपत्र तथा प्रथम,दाेश्राे र तेस्रो हुने विद्यार्थी भाइबहिनीहरुलाइ पुरस्कार वितरण गरिएकाे थियोे । सम्पूर्ण अतिथि ज्युहरुलाइ वज्रयाेगीनी माविमा अध्ययनरत विद्यार्थी भाईवहिनिहरुले स्वागत नृत्यद्वारा स्वागत गरिएको थियो।जेसीज सप्ताह कार्यक्रमका संयाेजक रेखा दाहाल दुलाल ज्युले स्वागत मन्तव्य राख्नुभएको थियोे भने आस्थापाठ कार्यकारिणी उपाध्यक्ष जेसी मनिष दुलालले ,जेसीआइ मिसन र भिजन जेसी प्रजिता केसीले र धन्यवाद ज्ञापन उपाध्यक्ष जेसी स्वयेक्षा लाकाैल श्रेष्ठले राख्नुभएको थियोे ।कार्यक्रम संचालन साँखु जेसिज बर्ष २०२३ का महासचिव जेसि रणबहादुर स्याङ्तानले संचालन गर्नुभएको थियोे ।

सात फरक–फरक प्रकृतिका कार्यक्रमहरु आषाढ २२ देखि श्रावण १३ गतेसम्म आयोजना गर्दै यस सप्ताह सम्पन्न भएको हो । प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा आयोजना गर्दै आएको विविध सामाजिक क्रियाकलापलाई यस वर्ष पनि साँखु जेसीजले निरन्तरता दिएको हो। यस वर्ष जेसीज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन असार २२/२३ गते हेभेन हिलमा समुद्घाटन सहित साँखु जेसिज स्थापना दिवसको संचालन भयो,जसको संयोजकको रुपमा जेसी सबिन श्रेष्ठ (पुर्व अध्यक्ष ) रहनुभएको थियो ।

दोस्रो दिन असार २८ गते जेसी रिता श्रेष्ठको संयोजकत्वमा शंखरापुर ८,भुल्बुमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । असार ३० गते जेसी रवि श्रेष्ठको नेतृत्वमा सुन्टोल मन्दिर परिसरमा रक्तदान कार्यक्रम सुसम्पन्न भयो। श्रावण ३ गते जेसी सक्षम आचार्यको नेतृत्वमा दि हाकुज रेष्टुरेन्टमा वक्तृत्वकला कार्यक्रम आयोजना गरियो।

श्रावण ३ गते नै जेसी सुदन मल्ल ठकुरीको संयोजनमा लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम गरियो। श्रावण ६ गते जेसी रुपक पोखरेलको संयोजनमा देवि फरेष्ट रिसोर्ट,सलम्बुटारमा उदघोषण तथा क्षमता अभिवृद्धि तालिम तथा अन्तिम दिन जेसी रेखा दाहाल दुलालको संयोजनमा जेसिज सप्ताह-२०२३ समापन कार्यक्रम आयोजना गरिएको हो।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.