Fast Nepal News

हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमश: गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान

banner single news

५ श्रावण,काठमाडौँ -हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमश: गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा बुधबार संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७७ एवं २०७८’ सम्मान समर्पण कार्यक्रममाझ प्रधान र आचार्यलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनही दुई लाख राशीसहित विभुषित गर्नुभएको हो ।

सम्मान पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रधान र आचार्यले नेपाल सरकारको सचिव लगायतका जिम्मेवारीमा रहेर जनप्रशासनको क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै हेमबहादुर मल्ल सम्मानका लागि छनौट भई सम्मानित हुनुभएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरि, उक्त पुरस्कार छनौट समितिका संयोजक पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालले प्राप्त निवेदनबाट  लोकसेवा आयोगको मापदण्ड अनुरुप ५ वटा बिषयहरु सार्वजनिक सेवा, अनुभुती, व्यवस्थापकिय र कार्य क्षमता, पेशागत निष्ठा, सकृयता र निरन्तरता,सार्वजनिक छविको मुल्यांकनका आधारमा सर्वोकृष्ट अंकभार ल्याउन सफल प्रधान र आचार्यलाई क्रमश: हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ का लागि छनौट गरिएको जानकारी दिनुभयो।

सो अवसरमा सम्मानित व्यक्तित्वद्धय प्रधान र आचार्यले सम्मानका लागि आफुहरुलाई योग्य ठानेकामा हेम बहादुर मल्ल सम्मान छनौट समिति, जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति अनुग्रह व्यक्त गर्दै देशको जनप्रशासनको क्षेत्रमा धेरै चुनौतीहरु रहेकोले सोलाई चिर्दै अघि बढनुपर्ने खाँचो औल्याउनुभयो।

Inside Article Ads

सभापतिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिईने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ बाट विभुषित हुनुहुने व्यक्तित्व बारे प्रकाश पार्दै दुई लाख राशी सहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा कृयाशिल सकल परिवारलाई प्रेरणा मिल्दै आएको उल्लेख गर्नुभयो।

त्यसैगरि कार्यक्रमको प्रायोजक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक निष्ठावान व्यक्तित्व हुनुभएको स्मरण गर्दै उहाँको नाममा स्थापित सम्मानसँग जनप्रशासन संघ ९पान० जस्तो गर्विलो संस्थासँगसंगै जोडिनपाएकामा कर्पोरेशन परिवारले गर्व महशुस गर्दै आएको धारणा राख्नुभयो। साथै उहाँले कर्पोरेशनले सेवा विविधिकरण मार्फत आम सर्वसाधारणको हितलाई केन्द्रमा राखेर वस्तुनिष्ठ तबरले कारोबारमा होमिदै आएको उल्लेख गर्नुभयो।

यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, डा. विमल कोइराला, महावीर पुन , अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज पाण्डे, कुलमान घिसिङ, डा. सुन्दुक रूइत, डा. गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय विभुषित भैंसक्नुभएको छ। यो क्रमश अठारौं र उन्नाईसौं सम्मान समर्पण हो ।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.