Fast Nepal News

आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने

banner single news

१ श्रावण,काठमाडौँ-आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने भएको छ।आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएसँगै आन्तरिक उडानको हवाई भाडाको मूल्य आजदेखि बढेको हो ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाउदैँ सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराएको छ ।

Inside Article Ads

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् ।आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने भएको हुनाले आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयोे।इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको र यसमा थप अतिरिक्त शुल्क नलाग्ने प्रवक्ता बर्तौलाले भनाई रहेको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.