Fast Nepal News

गीतकार सत्यकला लामाको ‘कसरी भुल्नु तिमीलाई’ सार्वजनिक

गायक शिव परियारको स्वरमा कसरी भुल्नु तिमीलाई’

banner single news

१ श्रावण,काठमाडौँ- गायक शिव परियारको स्वर, गीतकार सत्यकला लामाको लेखन र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित तयार पारिएको उक्त गीत असार ३० गते युटयुवबाट प्रिमियर गरिएको हो । एएमएस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो  आफनै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।  उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन ।

जसको छायाँकारमा नरेश अय्यर, सम्पादकमा लक्ष्मण  चौहान र गीतको एरेन्जरमा उर्गेन दोङ, मास्टरिङ्ग तथा मिक्सरमा दिपेश प्रधान रहेका छन् ।

प्रेम वियोगको थिममा निर्मित कसरी भुल्नु तिमीलाई’ गीतको म्युजिक  भिडियोमा  नयन सिंह, याङि दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.