Fast Nepal News

कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने सहमति

banner single news

३१ असार,काठमाडौँ-कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने भएको छ।स्ववियु अध्यक्ष संजय बुढाथोकीको संयोजकत्वमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरी पठनपाठन कार्यमा अबरोध नपुर्याउने कार्यमा सहमति जनाएको छ ।

शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्ने र कुनै पनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी, सधैका लागि अन्त्य गर्ने उदेश्यले विद्यार्थी संगठनहरु तालाबन्दी नगर्ने सहमतिमा पुगेको नेविसंघका इकाइ सभापति हरिराम खत्री (प्रभास)ले नेपाल न्युज एचडीका संवाददातालाई बताएका छन्।

Inside Article Ads

कोटेश्वर क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गर्दै सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम खत्री )प्रभास), अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखित क्रान्तिकारी (विप्लव( संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले संयुक्त रुपमा हस्ताक्षर  गर्नुभएको छ।

Visited 70 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.