Fast Nepal News

२८ घण्टापछि खुलेको नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

banner single news

१६ असार,काठमाडौँ-२८ घण्टापछि खुलेको नारायणगढ –मुग्लिङ सडकखण्ड पुन: अवरुद्ध  भएकाे छ । सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बाटो खुलाउने काम भइरहेको र कुनै समस्या नभए दुई घण्टामा बाटो खुल्ने प्रहरीको भनाइ छ।

Inside Article Ads

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

 

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.