
१४ असार,काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह विद्यालयको शिक्षकहरूको तलबमा संस्थागत निजि विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएपछि निजी विद्यालयको शिक्षकहरूको गुनासोलाई मध्यनजर गर्दै सरकारी विद्यालयसरह निजी विद्यालयको शिक्षकहरूको तलब निर्धारण गर्न विद्यालयको शिक्षकहरूको तलब काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशन दिनुभएको छ ।
‘शिक्षा ऐन, २०२८’ को दफा १२ अन्तर्गत संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको बमोजिम तलव नआएपछि कानून अनुरुप निजी विद्यालयका शिक्षकलाई तलब काठमाडौं महानगरपालिकाले सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको छ।
संस्थागत विद्यालयहरूले सामुदायिक विद्यालयको अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न समेत काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ।
