Fast Nepal News

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

banner single news

२५ वैशाख, काठमाडौं । सोमबार बसेको परिषद बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको छ ।परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए अनुसार ,संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको हाे ।

कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.