Fast Nepal News

टोखालाई देशकै फरक नगरको रुपमा विकास गर्दैछुः मेयर अधिकारी

banner single news

काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए ।

पहिलो कार्यकालमा नगरमा भएको विकास र सरल व्यक्तित्वकै कारण उनी पुनः नगर प्रमुखमा निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित भएपछि उनले थुप्रै लोकप्रिय काम गरे । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्र्तगत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ ।

कृषि, पर्यटन, रोजगार, यातायात तथा कौशी खेतीको प्रवद्र्धनका लागि नगरले विशेष सहयोग गरेको नगर प्रमुख अधिकारीले बताए । साथै, टोखालाई स्मार्ट शहरको रुपमा विकास गर्न आफु दिनरात खटेको उनको भनाई छ ।

Inside Article Ads

नगरभित्र कला, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक मठ मन्दिर एवंम प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योजना रहेको प्रमुख अधिकारी बताउँछन् । देशभरका नगर भन्दा फरक नगरको रुपमा विकास गरि जनतालाई सुखी र खुसी बनाउने उनको दाबी छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.