
१२ चैत,काठमाडौँ – प्रधानमन्त्रीले सोमबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिसम्ममा मन्त्रिपरिषद् पुर्नगठन गर्ने अन्तिम कसरतमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।यसका लागि आज सत्ता साझेदार दलहरुको बैठक बस्दैछ।
नेकपा माओवादी केन्द्र,नेपाली काङ्ग्रेस ,राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत पार्टी,नागरिक उन्मुक्ती पार्टी,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ।सरकारमा सहभागी हुने भएपछि रास्वपाले ३ वटा मन्त्रालय पाउने भएको छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ भने माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने भएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले ३, जसपा २, आम जनता पार्टीका सभापति प्रभु साह र लोसपाले १/१ मन्त्रालय पाउने भएकोे छ ।यसैगरी नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले १/१ मन्त्रालय पाउने भएका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन् । रास्वपाले यसपटक विराजभक्त श्रेष्ठ, सोविता गौतमलगायतलाई मन्त्री बनाउने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी ३ मन्त्रालय लिएर सरकारमा सहभागी हुँने भएको छ । उपाध्यक्ष वेदुराम भुसालको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुन लागेको हो ।नेकपा एकिकृत समाजवादी पार्टीबाट भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने भएका छन् ।मन्त्रीपरिषद् गठन हुनै लाग्दा राजनितीक दलहरूले मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाउने अन्तिम तयारीमा जुटेका छन् ।
