
१० चैत,काठमाडौँ- तारकेश्वर नगरपालिका पशुपंछी विकास शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार तारकेश्वर नगरपालिका वडा नंम्वर २ मा संचालित एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ।लगभग ३०० कृषकका पशुपंछीहरुलाई स्वाथ्योपचारका लागी औषधि वितरण विज्ञ तथा प्राविधिक परामर्श सेवा प्रदान गर्दैँ तारकेश्वर नगरपालिकाले एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

यहीँ चैत ७ गते सम्पन्न भएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नंम्बर २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले पशु स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो।यसैगरी तारकेश्वर नगरपालिकाका नगर उपप्रमुख श्री सृजना वुर्लाकोटी अर्यालले भने पशु स्वास्थ्य शिविर अनुगमन गर्नुभएको थियो।

तारकेश्वर नगरपालिका पशुपंछी विकास शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार तारकेश्वर नगरपालिका २ मा संचालित एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन कार्यक्रममा विज्ञहरु डां विकास गिरी,धनिपत राय यादव , चन्द्र प्रसाद घिमिरे तथा १० जना प्राविधिकहरुको संलग्नता रहेको थियो।

तारकेश्वर नगरपालिका पशुपंछी विकास शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार तारकेश्वर नगरपालिकामा २ मा संचालित एक दिने निशुल्क पशु स्वास्थ्य शिविरले पशुपालक कृषकहरु लाभान्वित भएको र यसबाट पशुपालक कृषकहरु उत्साहित भएको पशुपालक कृषकहरु र तारकेश्वर नगरपालिकाका स्थानीय व्यक्तिहरुको धारणा रहेको थियो।
