
५ चैत ,काठमाडौं- संसदमा जनप्रतिनिधिले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारको जवाफदेहीताको सवालमा पश्न गरेका छन्।संसदमा जनप्रतिनिधिले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफनदिने र प्रधानमन्त्रीले जवाफ नदिँदा पनि केही फरक नपर्ने गरेको भन्दै उनले यो संसद हो कि क्लव हो भनेर प्रश्न गरेका हुन् ।
‘मैले उठाएका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनु भएको छैन, संसदले बनाएको प्रधानमन्त्री हो भने सासंदले उठाएका विषयको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, जवाफ दिनको लागि सभामुखले रुलिङ गर्नुपर्छ, त्यसो नगर्ने हो भने संसदले बनाएको प्रधानमन्त्रीलाई राजीनामा गराउनु पर्छ,’ सांसद सुवालले भने ।
सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने हो भने यो संसद हो कि क्लव हो भन्ने सांसद सुवालको प्रश्न छ ।
