Fast Nepal News

राप्रपाको केन्द्रीय कार्यसमितीको बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बोलाएको केन्द्रीय कार्यसमितीको बैठक ३ बिषयमा महत्वपूर्ण निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको भनाई

banner single news

१ चैत,काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बसेको केन्द्रीय कार्यसमितीको बैठक सम्पन्न भएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बोलाएको केन्द्रीय कार्यसमितीको बैठक ३ बिषयमा महत्वपूर्ण निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले बताएका छन्।

मिश्रका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितीको बैठकले राप्रपाको आज बसेको आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ भने किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँनुका साथै रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ।यससँगै हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँने साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बसेको केन्द्रीय कार्यसमितीको बैठक सम्पन्न भएको छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.