Fast Nepal News

कमला नदीमा अझै बनेन डाइभर्सन, निर्माण कम्पनीले मानेन मन्त्रीको निर्देशन

banner single news

२९ फागुन,सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जिल्ला जोड्न कमला नदीमा विगत ११ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र परेको कमला नदीको पुलको डाइभर्सन अझै बनेको छैन ।

गत फागुन १५ मा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भासिएको कमला नदीको पुल निरीक्षण गर्दै तत्काल सवारीसाधन गुड्ने गरी ह्युमपाइप राखेर डाइभर्सन बनाउन दिएको निर्देशन निर्माण कम्पनीले पूरा गरेको छैन ।

दलबलसहित निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले एक-दुई दिनमै ह्युमपाईप राखेर डाइभर्सन बनाएर सवारीसाधन गुड्ने बाटो बनाउन निर्माण कम्पनी लुम्बिनी बिल्डर्सलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री श्रेष्ठले दिएको निर्देशनको दुई साता बितिसक्दा पनि ह्युमपाइप राखेर डाइभर्सन नबनेको सिराहा नगरपालिका– ६ का रामचन्द्र यादवले बताउनुभयो । ह्युमपाइप राखेर कमला नदीमा डाइभर्सन बनाउन सात थान ह्युमपाईप निर्माण स्थलमा पुगे पनि काम अगाडि बढेको छैन

मन्त्रीको निर्देशन र घोषणाका बाबजुद पनि कमला नदीमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । अहिले दुवै जिल्लाका स्थानीय बाँसको अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

Inside Article Ads

११ वर्षदेखि बन्दै पक्की पुल

हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जिल्ला जोड्ने गरी चार सय ७० मिटर लम्बाइको कमला नदीमा पक्की पुल निर्माण कार्य विगत ११ वर्षदेखि जारी छ ।

०७८ साल असार १७ मा समान्य बाढीले कमला नदीको पुलको सिराहातर्फबाट पहिलो पाया भासिएपछि पुल अलपत्र परेको छ ।

पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले करिब २५ करोडमा तीन वर्षमा निर्माण पूरा गर्ने गरी संयुक्त रूपमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.