
२५ फागुन,,काठमाडौँ-राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ गरेको निर्णय पढ्नुहोस्।
यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :
- दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
- स्वस्तिक छाप नभएको मत बदर हुने
- सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
- संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
- मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने
- मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
- मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने
Visited 21 times, 1 visit(s) today
