
करण कुबँर/ समाचार लेखक
२४ फागुन,काठमाडौँ-अखिल क्रान्तिकारी पुर्चोैडी बहुमुखी क्याम्पस कमिटी स्ववियु निर्वाचन हुने र नहुने भन्ने कुरामा अझै संशकित देखिऐको छ।तथापि,स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारीको काम भने गरिरहेको छ।
अखिल क्रान्तिकारी पुर्चोैडी बहुमुखी क्याम्पसका संयोजक मनोज कुवँरले भने स्ववियु साझा संस्था हो यसलाई हामी सबैले जोगाउनु पर्छ।उनले आफू अनेरास्ववियु क्रान्तिकारीबाट सभापतिको उम्मेदवार भएको उल्लेख गर्दै उम्मेदवारको स्वंत आफू आंकाक्षी भएको दावी गरे।
घोषणा पत्र लेखनको कार्य जारी रहेको र प्रकाशन गर्न बाँकी रहेको बताउँदै मनोजले युवा र विद्यार्थीका अजेण्डा बारे छलफल भएको बताए।उनले रोजगार मुलक,शिक्षा,पार्टटाइम जवका साथै विद्यार्थीलाई उत्पादनसँग जोड्ने विद्यार्थीका हरेक समस्याको समाधान गर्ने। शिक्षा बारेका एजेण्डाहरू समेटिएको बताए
बैतडीको पुर्चोैडीमा रहेको,पुर्चोैडी बहुमुखी क्याम्पसमा आगामी ५गते हुने स्ववियु निर्वाचन मा अनेरास्ववियु अखिल क्रान्तिकारि नगर कमिटी अध्यक्ष र क्याम्पस संयोजक मनोज कुवँरले स्ववियु सभापति दाबीँ गर्ने भएका छन्।
