Fast Nepal News

प्रचण्डको अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट दर्ता

banner single news

२३ फागुन,काठमाडौँ -२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सशस्त्र द्वन्दका पीडित पक्षले सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका छन्। कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका सशस्त्र द्वन्दका पीडित पक्षले कारबाहीको माग गरेर दिएको सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै सर्वोच्चमा उजुरी दिन पुगेका छन् ।

Inside Article Ads

सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन्।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.