Fast Nepal News

राजु लामाको ‘नौडाँडा पारी २’ मा मल्लिका र अनुजको रोमान्स ( भिडियो )

banner single news

काठमाडौं ।  टाढा रहेका  २ प्रेमीहरुको  सम्झना र कल्पनालाई समेटर तयार पारिएको प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो  ‘नौडाँडा पारी २’  सार्वजनिक भएको छ। यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। गीतमा मंगोलियन हार्टका  गायक राजु लामाको सुमधुर स्वर सुन्न सकिन्छ ।

लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले  संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।  भिडियोमा मोडल गुरुङ सैनिकको भूमिकामा देखिएका छन्। चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।

भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छl

Inside Article Ads
https://youtu.be/oy8ZOEP9zyo
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.