Fast Nepal News

प्रधानमन्त्री दाहालबाट अन्तरराष्ट्रिय आयुर्वेद सम्मेलनको समुदघाटन

banner single news

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं अन्तरराष्ट्रिय आयुर्वेद सम्मेलनको समुदघाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयुर्वेद चिकित्साको महत्वलाई विश्वव्यापी रुपमा फैलाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुहुँदै आयुर्वेद चिकित्सा पद्धतीलाई सरकारले महत्व दिदै आएको उल्लेख समेत गर्नुभयो । सो अवसरमा उहाँले कोभिड पस्चात नेपाल सरकारले आयुर्वेद चिकित्सालाई प्रबर्धन गर्न लगानी बिस्तार गरिरहेको र सोका लागि नेपालले भारत सरकार, विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा विभिन्न परियोजना संचालन गर्दै आएको समेत बताउनुभयो ।

त्यसैगरि, सम्मेलनका संरक्षक वैज्ञानिक महाराजा टोनी नादरले भर्चुअल संबोधन गर्नुहुँदै नेपाल र भारतले आयुर्वेद एवम योगामार्फत विश्वलाई परिवर्तन गर्दै अगाडि बढीरहेको जनाउदै महेश महर्षि योगीले भावातित ध्यान, योग र आयुर्वेदका वैज्ञानिक आधार प्रस्तुत गर्दै विश्वव्यापी तुल्याउन योगदान पुर्याउनु भएको बारे चर्चा गर्नुभयो ।

सो अवसरमा महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष डा. दिपक प्रकाश बाँस्कोटाले सम्मेलन यसअघि सन् २०१५मा नेदरल्याण्डको रोयतमोल्ड, सन् २०१७ मा बेलायतको लण्डन, सन् २०१८ मा नेदरल्याण्ड, सोल्भानियाको लेइडेनमा सम्पन भएको जानकारी दिनुहुँदै यस सम्मेलनले विज्ञान वैदिकतामा आधारित आयुर्वेद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने दाबी पेश गर्नुभयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव संगिता कौशल मिश्रले वैकल्पिक चिकित्सा अन्तर्गत मानिएको आयुर्वेद वैज्ञानिक र भरपर्दो रहेको बताउनुहुँदै नेपाल सरकारले यसको विकासमा जोड दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रिवास्तवले कोभिड पस्चात आयुर्वेद र परम्परागत उपचार विधिको महत्व अझ उजागर भएको र भारतले आयुर्वेदलाई प्रबर्धन गर्न नेपालसहित अन्य मुलुहरुसँग सहकार्य गरेको उल्लेख गर्नुभयो ।

Inside Article Ads

नेपाल आयुर्वेदा एकेडेमी अफ आयुर्वेदा इन्डियाका प्रेसिडेण्ट पदम भुषण वैद्य देवेन्द्र त्रिगुणाले महर्षि महेश योगीले नेपाललाई वेद र ॠषिमुनीहरुको भुमी भएको बताउनुभएको स्मरण गर्नुहुँदै उहाँले योग र आयुर्वेदको जननी रहेका नेपाल र भारतले विश्वलाई मार्गदर्शन गर्ने उल्लेख समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले स्वागत मन्तव्य राख्नुहुँदै सम्मेलन आयुर्वेद चिकित्साको महत्वलाई उजागर गर्न फलदायी रहने बताउनुभयो ।

कार्यक्रममाझ महर्षि अन्तरराष्ट्रिय विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय बीच शैक्षिक कार्यक्रम संचालनार्थ सम्झौता भएको छ । आज फाल्गुण २१ बाट काठमाडौंमा “सबैका लागि समग्र स्वास्थ्योपचार” भन्ने नाराका साथ शुरु भएको सातौं अन्तरराष्ट्रिय आयुर्वेद महासभा ३ दिनसम्म आयोजनामा रहने छ । महासभामा नेपाल भारत र युरोप अमेरिकाबाट क्रमश: १००/ १०० जना आयुर्वेद विज्ञहरु सहभागीता रहेको छ । महासभा माझ वैदिक क्षेत्रका ज्ञाता, आयुर्वेद चिकित्सक एवम् विज्ञहरुबाट ९० बिषयमा कार्यपत्र प्रस्तुत हुदैछ ।

नेपाल महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघ स्थानिय आयोजक रहेको महासभामा अन्तरराष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेसन नेदरल्याण्ड, अल इन्डिया आयुर्वेद काँग्रेस दिल्ली र अन्तरराष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुणे रहेका छन् भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालय सहयोगी साझेदार रहेका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.