Fast Nepal News

राष्ट्रपतिको निर्वाचनको विषयले राजनितिमा नयाँ तंरग पैदा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको रुपमा चर्चामा आएका छन्।

banner single news

प्रकाश कपाली /समाचार लेखक

१० फागुन,काठमाडौं-राष्ट्रपतिको निर्वाचन नजिकिदैं गर्दा राजनीतिमा नयाँ तंरग पैदा भएको छ।राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचनको तयारीमा जुटेका छन्।नजिकिदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा एकिकृत समाजवादी पार्टी राष्ट्रपति निर्वाचनको लागि गृहकार्यमा जुटेका छन्।

राष्ट्रपतिको रुपमा कुन दल अघि सर्छ भन्ने विषय चासोको बिषय भईरहदा ३ जना शीर्ष नेताहरुको नाम राष्ट्रपति निर्वाचनको संघारमा चर्चामा आएको छ।

Inside Article Ads

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राष्ट्रपतिको रुपमा चर्चामा आएको छ।यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम राष्ट्रपतिको उम्मेदवारको चर्चामा आएको छ।  ठाकुर राष्ट्रपति निर्वाचनको लागी तीव्र गृहकार्यको प्रयासमा जुटेका छन्।

राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चासो बढेको छ।अबको राष्ट्रपतिको निर्वाचनमा नेपालले  राष्ट्रपतिको रुपमा कसलाई प्राप्त गर्छ त्यो हेर्न नै  बाँकी छ।

 

Visited 81 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.