
७ फागुन ,काठमाडौं-आज विराटनगर विमानस्थलमा नेकपा एमालेका अध्यक्षओलीले पत्रकारहरूसँग कुरा गर्नुभएको छ।पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेका उम्मेदवारलाई छाडेर माओवादी केन्द्रले अरूलाई सर्मथन गर्छ भन्नु काल्पनिक कुरा भएको बताउनुभएको छ।
राष्ट्रपति सहमतिअनुसारकै हुने भएको भन्दै ‘माओवादी केन्द्र र एमालेको पहिले नै सहमति भइसकेको भन्दै ओलीले राष्ट्रपति निर्वाचनमा अरू नै उम्मेदवारलाई समर्थन गर्ने कुरा कल्पनाभन्दा बाहिर रहेको धारणा व्यक्त गर्नुभयो।
वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसँग राष्ट्रपतिबारे छलफल भएर सहमति भइसकेकाले कुन पार्टीका नेताले के–के भन्छन् भन्ने कुराले कुनै अर्थ नराख्ने पनि प्रस्ट पार्नुभयो।
राष्ट्रपति निर्वाचनमा पुष १ण् गते अघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने र त्यो १३ फागुनमा प्रस्ट हुने ओलीको दाबी छ।
