Fast Nepal News

ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

banner single news

४ फागुन, गुल्मी-खाना  पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले जानकारी दिए । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।

Inside Article Ads

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.