Fast Nepal News

अर्थतन्त्र सुधारको विषयलाई जीवन र मरणको सवाल ठानेको छु : प्रधानमन्त्री

अर्थतन्त्रको चुनौतीका बीचमा आफूलाई नेतृत्व गर्ने अवसर रहेको भन्दै उनले दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको प्रधानमन्त्री पुष्पकमल दाहालको टिप्पणी

banner single news

१ फागुन, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवाल ठानेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने ‘अर्थतन्त्र सुधारको विषयलाई लाइफ एण्ड डेथको सवाल ठानेको छु । मेरो सफलता वा असफलता होइन, सरकारको मात्रै सफलता वा असफलता पनि होइन । सिंगै नेपाली समाज र  नेपाल राष्ट्रको सफलता र असफलताको बिन्दु यसमै जोडिएको छ ।’

अर्थतन्त्रको चुनौतीका बीचमा आफूलाई नेतृत्व गर्ने अवसर रहेको भन्दै उनले दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको टिप्पणी गरे । ‘गत वर्ष श्रीलंका नै हुने हो कि भन्ने आशंका थियो, अहिले छैन’ दाहालले भने ‘२ महिनायता केही सुधारको संकेत देखिएको छ, तर यी पनि स्थायी प्रकृतिका छैनन् ।’

उनले मन्त्रिपरिषदको पहिलो बैठकमै अर्थतन्त्र सुधारका सम्बन्धमा निर्णय गरिएको स्मरण गरे । अर्थशास्त्रका सम्बन्धमा अहिले मुलुकलाई विज्ञहरुको आवश्यकता महसुस भएको उनले बताए । अर्थतन्त्र सुधारका लागि पनि कर्मचारीतन्त्रमा अनावश्यक संरचना खारेज गर्ने र आवश्यक संरचना खडा गर्नु अहिलेको आवश्यकता रहेको दाहालले बताए । आफ्नो पहिलो प्राथमिकता कृषिको आधुनिकीकरण गर्न कृषि सुधारका लागि चाहिने प्रविधि, ज्ञान र सिपको विकास नै रहेको उनले बताए ।

Inside Article Ads

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.