Fast Nepal News

भष्टाचार नियन्त्रण अपरिहार्य:-दाहाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने प्रधानमन्त्रीद्वारा विश्वास व्यक्त

banner single news

२८ माघ, काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। अख्तियार अनुसन्धान दुरुपयोग आयोगले ३२ औं दिवसका अवसरमा आज आयोजित गरेको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको छ।

Inside Article Ads

संवैधानिक निकायको रूपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रममा आफ्नो अमूल्य धारणा व्यक्त गर्नुभएको हो।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.