
काठमाडौं, कात्तिक २५ – कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।
सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिविर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।
उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
Visited 45 times, 1 visit(s) today
