
२६ माघ, काठमाडौँ- विवेकशील साझा पार्टीले पहिलो महाधिवेशन गर्ने भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा अधिकारीले बताउनुभयो।
महाधिवेशन उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा विवेकशील साझाको निम्तोलाई स्वीकार्दै सहभागी हुने कार्यक्रम रहेको छ।
महाधिवेशनको तयारी पूर्ण रूपमा सकिएको विवेकशील साझा पार्टीको नेताहरुले जानकारी दिएका छन्।
Visited 15 times, 1 visit(s) today
