Fast Nepal News

गायक पवन गिरीको शब्द, संगीतमा अबुनले ल्याइन ‘ए चरी’  ( भिडियो )

banner single news

काठमाडौं – गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ।  टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ।  म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।
                 
निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ।  भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक भएको हो।  अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.