
२४ माघ,काठमाडौँ – कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ ।
संखुवासभामा जन्मिएका पौडेलले टेलिश्रंखला ‘हिजो आजका कुरा’देखि ‘राजुराजाराम’, ‘चट्टान’, ‘राजधानी’, ‘म तिमीबिना मरिहाल्छु’, ‘चोर सिपाही’, ‘हामी तीन भाइ’, ‘मलामी’लगायत फिल्ममा अभिनय गरेका थिए। पौडेलका पत्नी देवकुमारी पौडेल, पाँच छोरा र दुई छोरी छन् ।
