Fast Nepal News

(यूएसएआईडी) की प्रमुख सामन्था पावर काठमाडौँमा

भेटवार्ताको अवसरमा यूएसएड र अर्थ मन्त्रालयबीच ५ वर्षभित्र खर्च गर्ने योजनासहित गत वैशाखमा हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे छलफल हुने

banner single news

२४ माघ, काठमाडौँ- एमसीसी अमेरिकी आर्थिक अनुदान सहायता संसदबाट पारित भएपछि अमेरिकाका उच्चस्तरीय अधिकारीहरु नेपाल आउने क्रम ह्वात्तै बढेको छ।

गत साता अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड २ दिन काठमाडौँमा बिताएर स्वदेश फर्किएका थिए। स्वदेश फर्किएको केही दिन लगत्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार उच्चस्तरीय भम्रणको लागि काठमाडौँ आइपुगेका छन्।

Inside Article Ads

राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम तय भएको छ । भेटवार्ताको अवसरमा यूएसएड र अर्थ मन्त्रालयबीच ५ वर्षभित्र खर्च गर्ने योजनासहित गत वैशाखमा हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे छलफल हुने बताइएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.