
२३ माघ, काठमाडौँ- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघका दुइ समूहबीच झडप भएको छ ।
आज (सोमबार) नयाँ बानेश्वरको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा संस्थापन र इतर पक्षका दुई समूहबीच झडप भएको हो । झडपमा दुई समूहबीच ढुंगा हानाहान भएको थियो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । स्थापन इत्तर पक्षले राखेको बैठकमा संस्थापन पक्षले आक्रमको प्रयास गरेको बताइएको छ ।
