
२३ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आईतबार पत्रकार सम्मेलनमा दिएको धम्किपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री पदमा रहेर काम गरिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वागाही धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रेस विज्ञप्ति जारी गरेको नेपाल पत्रकार महासंघले रवि लामिछानेले आईतबारको पत्रकार सम्मेलनमा संयम गुमाएर अभिव्यक्ति दिई सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिएर सञ्चारक्षेत्रमाथि गम्भीर प्रहार भएको धारणा व्यक्त गरेको छ।
लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यस घटनाको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने विषयलाई नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति मार्फत उल्लेख गरिएको छ। लामिछानेको धम्कीले सञ्चारक्षेत्र विचलित नहुने र धम्कीपूर्ण अभिव्यक्तिको महासंघले विरोध गर्दै संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ।
