Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टी आज ११ बजे बैठक बस्दै

banner single news

२२ माघ, काठमाडौँ-गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकारबाट बाहिरिने अल्टिमेटम दिँदै सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको अल्टिमेटम मध्यरातबाट सकिएको छ। सरकारलाई दिएको अल्टिमेटम समाप्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको आज बस्ने संयुक्त बैठकले गृहमन्त्रालयको जिम्मेवारी रास्वपाले सरकारमा रहने कि सरकारबाट बाहिरिने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता विराजभक्त श्रेष्ठले बताउनुभयो।

Inside Article Ads

गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने की सरकारमा रहने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता श्रेष्ठले बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा बहस लम्बिने भएकोले संसदको बैठकमा उपस्थित हुन नसक्ने समेत उपनेता श्रेष्ठले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आजको बैठकले के निर्णय गर्छ त्यो भने हेर्न नै बाँकी छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.