
२१ माघ, काठमाडौँ-नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बन्नुपर्ने धारणा राखेको छ।
शनिबार बसेको माओवादी केन्द्रको बैठकको निर्णयले नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने र विचार मिले गठबन्धन नै कायम रहने र विचार नमिले विचार मिल्ने दलसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको हुनाले राष्ट्रिय सहमति अनुरुप राष्ट्रपतिको लागि पहल गर्ने धारणा व्यक्त गर्नुभयो।
