Fast Nepal News

काठमाडौँ महानगरपालिकाको आक्रामक निर्देशनले अपाङ्गता भएका व्यक्तिको अधिकारमा आच पुर्याएको गुनासो

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

२० माघ, काठमाडौँ- टुडिखेलको बायाँपट्टीको क्षेत्र फलामे पुलको कुनामा बसिरहेका डिल्ली कार्की दोलखा जिल्ला शैलुङ गाउँपालीका वडा न.८ का स्थानीय व्यक्ति हुन्। उनी बिगत चार वर्ष पहिले गाउँमा रुख बाट लडेर उनको ढाड भाचियो। गाउँको अस्पतालमा उपचार सम्भव नभएपछि उनी श्रीमती सहित काठमाडौँमा आए।

काठमाडौमा उपचार गर्दा गर्दै भएको जायजेथा सकियो। उनको अप्रेसन पछि थेरापी गर्नुपर्ने भएकोले समस्या हुन थाल्यो। बाच्नको लागि उनले केहि गर्ने निर्णय गरे। बिगत २ वर्ष अघि देखि डिल्ली कार्की ले ह्विलचियरको साहारामा सडकमै सानोतिनो ब्यापार सुरु गरे। जसोतसो ब्यवहार चलाएका थिए। अहिले नयाँ सरकार बने लगतै स्थानीय सरकार कडा हुँदैगयो। सुन्दर सहर बनाउने भन्दै मेयर बालेन शाहले अनाधिकृत भवन लागायत विभिन्न घर , सुकुमवासी वस्ती सबै भत्काउने कार्य गरे। अहिले पनि डोजर आतंक उस्तै छ। साथै सडकका ब्यापारीहरुले पनि ब्यापार गर्न पाएन्न। सडक ब्यापारीहरुको बिचल्ली गरे त्यसमा ४०% अपांगता भएकाहरु छन्। जो प्राय ह्विलचियरमा छन्। उनीहरुको ब्यापारमा बन्देज लगाइयो । अहिले उनिहरुको परिस्थिति यस्तो छ हामी बिहान बेलुकाको छाक कसरी टार्ने भन्दै रुन्छन्।

Inside Article Ads

यहाँ डिल्ली कार्की त एक प्रतिनिधि पात्र हुन उनी जस्ता धेरै अपांग पीडितहरु छन्। सडक ब्यापार उठाएको मलाई थाहा थियो। मैले नियम कानुन मिचेको होइन। यो कुनामा बस्दा कसैलाई अप्ठ्यारो हुँदैन मान्छेहरु त्यो छेउ बाट हिड्छन गाडी सडकमै कुद्छन। यहाँ न गाडी आउँछन न त मान्छेनै यहाँ बस्दा तेस्तो के पो होला भनेर पानी , मास्क र थोरै अरु सामान पनि यहीँ ह्लिलचियरकै छेउमा राखेर बेच्ने गरेको थिए। अस्ति महानगरको गाडी आयो। त्यो गाडिमा मलाई राखेर लग्यो कहाँ लैजान लाग्नुभएको भनेर सोधे नगरप्रहरिले ठूलो मान्छेलाई भेटाउन लिदैछौ भन्दै टेकु पुर्याए । दिउँसो लगेका थिए साझ सम्म त्यहीँ राखे कसैसँग भेटाएन्न पछि घर बाट मान्छे बोलाएर जा भने। उनले भक्कानिदै भने म कहाँ जाउ हजुर पुर्याइदिउला भनेर ल्याउनुभएको हो अब म कस्लाई बोलाउ कहाँ जाउ भन्दा उनिहरुले थर्काउन थाले।

हामी पुर्याउन सक्दैनौ आफै जाउ भने। फेरि हिजो पनि नगरप्रहरी राजु पाण्डे आएर यहाँ न बस भनेर जानुभयो। मागेर खान सक्दिन दुइटा हात चल्छन आफै केही गरेर खान्छु भन्दा महानगरले खान दिदैन। न त हामीलाई ब्यवस्थापन गरिदिन्छ। उल्टै अनेक शब्द प्रयोग गर्दै गालिगलौज गर्छन। अझ हिजो मलाई नै गलत देखाउन महानगरले खोइ के पो नोटिस निकाल्यो रे। मानव आश्रम लैजानलाइ हामीले उठाएका हौं भनेछ। त्यसो हो भने मलाई दिनभरी टेकु लगेर साझ फेरि सडकमै किन छोडिदिएछ? मैले केही बुझ्दिन के गर्दैछन तर मेरो यो बिहान बेलुकाको रोजिरोटी नखोसिदिनुस। दिनमा ४/५ सय कमाई हुन्छ कहिलेकाही त केही हुन्न कसरि कोठा भाडा तिर्नु खाना खानै पर्यो। शरीर चल्दैन दिनको पाँच देखि सात सयको डाइपरनै लाग्छ भने म यो सब कसरी ब्यवस्थापन गरौं अन्य कुनै बाटो छैन। कि यति भनिदिनुस हाम्रो यो देश होइन।

अपांग यो देशका नागरिक होइन्न। हामी माथि अन्याय भएकोछ न्याय माग्न कहाँ जाउ हामी! के यो देश सशक्त र हुने खानेको लागि मात्रै हो? गरिब , दुखी अपांगहरुको लागि होइन भन्दै दिल्ली कार्कीले काठमाडौँ महानगरपालिका आक्रामक निर्देशन विरूद्ध पश्न गरेका छन्। काठमाडौँ महानगरपालिकाको फुटपाथलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विकल्प नखोजी फुटपाथ हटाउने काम गर्दा व्यबसायीहरु संकटमा परेको छ। काठमाडौँ महानगरपालिकाका मेयरले फुटपाथ विषयमा व्यापारीको समस्या नबुझेर काम गरेको भन्दै अहिले चौतर्फी आलोचना भएको छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.